सर्वोच्चको आदेशले रोकियो चितवनमा लाइसेन्सको ‘ट्रायल’ दिने प्रक्रिया

असार २४, काठमाडौ । चितवनबाट सवारी चालक अनुमतिपत्र लाइसेन्स वितरणसम्बन्धि हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन्। सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धि प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धि काम रोकिएका हुन्।

यातायात व्यवस्था सेवा कार्यालय भरतपुर चितवनसहित सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचल काठमाडौं, वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालय र वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उक्त आदेश गरेसँगै सो प्रक्रिया अवरुद्ध भएको हो।

चितवन ड्राइभिङ स्कुल प्रालिले यातायात व्यवस्था सेवा कार्यालय भरतपुर चितवनले मिति २०७९ बैशाख २ मा प्रकाशित गरेको ‘परामर्श सेवाको प्रस्ताव आह्वानसम्बन्धि सूचना’ र सोही कार्यालयको यही असार १६ गतेको ‘आर्थिक प्रस्ताव खोल्नेसम्बन्धि सूचना’का विरुद्धमा सो प्रालिले यही असार १९ गते सर्वोच्चमा रिट निवेदन दिएको थियो।

 

संम्बन्धित समचार

Leave a Reply