विदेशिनेको कथामा ‘परदेशी २’ (भिडियो)

काठमाण्डौ । भिडियो निर्देशक हुँदै फिल्म निर्देशनमा सक्रिय नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को टिजर सार्वजनिक भएको छ । सात वर्षअघिको व्यावसायिक सफल फिल्म  ‘परदेशी’ को सिक्वेलको टिजरमा नेपाली युवापुस्तामाझ हुर्किएको अमेरिकी सपनाले सामाजिक सम्बन्धमा पारेको असरको कथा देखाइएको छ । यही फिल्मबाट अभिनयमा डेब्यु गरेका गायक प्रकाश सपूतलाई मुख्य भूमिकामा चित्रण गरिएको फिल्म उनकै वरपर घुम्छ । अघिल्लो श्रृंखलामा मुख्य भूमिकामा देखिएका पूर्व इण्डियन आइडल प्रशान्त तामाङ पनि फिल्ममा छन् ।

परदेश पुगेकाहरूको कथा–व्यथालाई प्रस्तुत गरिएको टिजरमा प्रेम, वियोग, संवेदना, द्वन्द्व र गीतको मिश्रण छ । दिलीप रायमाझी, केकी अधिकारी र वर्षा राउत समेत टिजरमा छन् । फिल्मले टिजरमार्फत आगामी असोज १४ गतेलाई प्रदर्शन मितिको रुपमा समेत घोषणा गरेको छ । गीतकार रमेश बीजीको लेख्न रहेको फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

https://youtu.be/sIavUDgxvQQ

संम्बन्धित समचार

Leave a Comment