नेप्से फेरि दुई हजार अङ्कभन्दा तल : शिवम् सिमन्ट्सको शेयर सबैभन्दा धेरै किनबेच !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ २४, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २४, काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से फेरि दुई हजार अङ्कभन्दा तल झरेको छ । आज शुक्रवार ३४ दशमलव ७० अङ्कले घटेर एक हजार नौ सय ९२ दशमलव ६२ अङ्कमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, होटल तथा पर्यटन, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय १७ वटा कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर एक अर्ब १६ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमन्ट्सको पाँच करोड ५९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज हिमालयन ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि ग्लोबल आईएमई समुन्नत योजना १ को शेयर साढे दुई प्रतिशतभन्दा धेरैले बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस