बेलकोटगढीको विद्युतीकरणलाई गुणस्तरिय बनाउन घिसिङसँग मेयर लामाको भेटवार्ता

Post Thumbnail

असार २४,काठमाडौँ । जिल्लाको बेलकोटगढी नगरपालिकाको विद्युतीकरणबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग मेयर जगत लामाले भेटवार्ता गरेका छन् ।

रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालय घिसिङ र मेयर लामाबीच बुधबार भेटवार्ता भएको मेयर लामाका सहयोगी अनमेश श्रेष्ठले जानकारी दिए । ुबेलकोटगढीको मेयर जगत लामा र उज्यालो नेपालको नायक कुलमान घिसिङबीच बेलकोटगढी नगरपालिको विद्युतीकरणको विषयमा आज प्राधिकरकणको प्रधान कार्यालयमा भेटवार्ता भएको हो,ु श्रेष्ठले भने ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर लामा दैनिकजसो नगरपालिकाको विकास निर्माणको अध्ययनरअवलोकन र जनजीविकाका विषयमा अहोरात्र खटिरहनुभएको श्रेष्ठले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस