राप्रपाको ७७ वटै जिल्लाका प्रशासन कार्यालयमा घेराउ र धर्ना !

असार २४, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्रीलाई पेस गरेको २२ बुँदे ज्ञापनपत्र सम्बोधनका लागि दवाव दिन ७७ वटै जिल्लाका प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको छ । राप्रपाले गत असार १ गते प्रधानमन्त्रीलाई राजनीतिक मागका अतिरिक्त जनजीविकास‍ँग सम्बन्धित विविध २२ बुँदे मागसहितको ज्ञापनपत्र पेस गरेको थियो । सो माग पूरा गराउन दवाव दिने उद्देश्यले राप्रपा असार १३ गतेदेखि आन्दोलित छ ।

यसक्रममा राप्रपाले असार १३ गते किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्दै ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापनपत्र र धर्ना दिएको थियो । आफ्नो माग सम्बोधन गर्न राप्रपाले असार १७ गते साँझ देशका सबै जिल्ला सदरमुकाममा राँके जुलुस सम्पन्न गरिसकेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply