लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना !

असार २५, काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशमा शनिबार दिउँसो भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा अहिले आंशिकदेखि सामान्य बदली रहेको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ । बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

उनीहरुका अनुसार शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसमविद्हरुका अनुसार आगामी २४ घन्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानका साथै गण्डकी र कर्णालीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ ।

नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply