चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपाल आउने

असार २५, काठमाण्डौ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आगामी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी चारदिने नेपाल भ्रमणमा नेपाल आउन लागेका हुन् । उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नेछन् । गत जुन महिनामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका लिउले जुनको अन्तिम साता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अलगअलग भिडियो वार्ता गरेका थिए ।

लिउ एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहेका चिनियाँ वरिष्ठ नेता लिउको भ्रमण तयारीका लागि परराष्ट्र र चिनियाँ दूतावासले समन्वय गरिरहेका छन् । उनले परराष्ट्रमन्त्री तथा कांग्रेस नेता नारायण खड्कासँग गत साता मात्रै भिडिओ कुराकानी गरेका थिए । नेपालका राजनीतिक दलसँग सीपीसीको सम्बन्ध विस्तार गर्ने एजेन्डा रहेको छ । त्यस्तै, उनले भ्रमणका क्रममा बेल्ट एन्ड रोड अवधारणा बीआरआईको विषयमा नेपालका उच्च तहको नेतृत्वसँग छलफल गर्ने एजेन्डा छ । चिनियाँ सहयोगमा रेल र सडकजस्ता विकास परियोजनामा अघि बढाउन नेपालको ढिलाइ’दयगत यहाँको राजनीतिक नेतृत्वसँग छलफल गर्नु उनको अर्को एजेन्डा हो ।

संम्बन्धित समचार

Leave a Reply