आँधी र वर्षापछि अमरनाथमा १५ जनाको मृत्यु, ४० बेपत्ता, खोजी जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ २५, शनिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार २५, काठमाडौं । भारतको जम्मू कश्मीरको अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र वर्षाका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । वर्षामा ४० भन्दा बढी बेपत्ता भएका छन् । वर्षापछि अर्को सूचना नभएसम्मका लागि अमरनाथको यात्रा स्थगित गरिएको छ । अहिले उक्त क्षेत्रमा उद्धार कार्य तीब्र पारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार साँझ साढे ५ बजे अकस्मात आँधी र वर्षा शुरु भएको थियो । घाइतेहरुलाई अस्पताल पुर्याउन सेनाको हेलिकप्टर परिचालन गरिएको छ । शनिबार बिहान ६ जनाको उद्दार गरिएको समाचार एजेन्सी एएनआईले जनाएको छ । स्वास्थ्य टोली पनि पुगिसकेको छ । उद्दार गरिएकालाई हेलिकप्टरबाट अस्पतालमा लगिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस