तथ्यमा रहेर आलोचना गर्न सञ्चारमन्त्री बाँस्कोटाको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ मंसिर २५, मंगलबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर २५, धादिङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई सरकारको आलोचना गर्न छुट रहेको तर आलोचना गर्दा तथ्यको आधारमा गर्न आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आज २०औँ साधारणसभा र धादिङ सञ्चार सहकारी संस्थाको ८औँ वार्षिक साधारण सभाको अवसरमा बोल्दै उनले संचार क्षेत्रलाई पूर्ण स्वतन्त्रता दिइएकाले तथ्यको आधारमा आलोचना गर्न आग्रह गरेका हुन् ।

उनले पत्रकारको पारिश्रमिक वृद्धि नेपालका सञ्चारगृहको क्षमता हेरेर २५ प्रतिशत वृद्धि गरेकाले यसलाई कार्यान्वयन गरेपछि थप कुरा अघि बढाउन सकिने बताए। मन्त्री बाँस्कोटाले विस्थापित भइसकेका तुइनमा मानिस चढेर अझै नदी तरिरहेको अवस्था नरहेकाले तुइन विस्थापनका विषय उठाइदिन पत्रकारहरुलाई आग्रह गरे।

“सिद्धान्त मात्र पढेकाले हाम्रो पत्रकारिता सिकाइको चरणमा छ, त्यसैले आग्रह र पूर्वाग्रह त्याग्नु पर्छ”, उनले भने। साधारसभामा सांसद खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, प्रदेशसभा सदस्य डा रामकुमार अधिकारी, जगत सिङ्खडालगायतले शुभकामना व्यक्त गरेका थिए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस