असार २५, काठमाण्डौ । श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवास कब्जा गरेका छन् । देशका विभिन्न स्थानबाट, बस, ट्रक, रेल र कार चढेर राजधानी कोलम्बो पुगेका हजारौँ प्रदर्शनकारीले राष्टपति निवास कब्जा गरेका समाचार संस्था एएफपीले जनाएको छ ।
प्रदर्शनकारीले प्रहरीका अवरोध हटाउँदै राष्ट्रपति राजापाक्षेको निवास वरपर पुगेर ढुंगा तथा इट्टा प्रहार गरेका छन् । प्रदर्शनकारी राष्ट्रपति निवासमा पसेका र केहीले खुसीयाली मनाइरहेका दृष्य सार्वजनिक भएका छन् । केही प्रदर्शनकारीले राष्ट्रपति निवासको पौडी पोखरीमा पौडीको मज्जा पनि लिएका छन् । प्रदर्शनकारीले निवास घेर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सेनाले सुरक्षित ठाउँमा लगेको खबरमा उल्लेख छ ।