तुलसी रोपेर हरिशयनी एकादशी मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ २६, आईतबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार २६, काठमाण्डौ । असार शुक्ल एकादशी, हरिशयनी एकादशी पनि भनिन्छ । आजबाट चतुर्मास व्रत आरम्भ भएको छ । आजदेखि चार महिना अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिनालाई चातुर्मास भन्ने गरिन्छ । यो समयमा भगवान विष्णु शयन गर्ने समय भएकाले शुभ कार्य गरिँदैन । आज हरेक घरमा तुलसी रोप्ने काम पनि गरिन्छ । तुलसी रोपण एकादशी पनि भनिन्छ ।

घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवानको अवतारका रूपमा पूजा गर्ने चलन छ। भगवान विष्णु चार महिनाका लागि जल शयनीमा रहने शास्त्रीय मान्यताअनुसार तुलसी रोपण गरेर व्रत बसेर यो पर्व मनाइन्छ । एक महिना अघि जेठ शुक्ल एकादशी निर्जला एकादशीका दिन छरिएको बिउ तयार भएर आजको दिन रोपण गरिन्छ।

तुलसी आयुर्वेदमा बहुउपयोगी बनस्पति पनि हो । आजको दिन सनातनीहरूले व्रत र भगवान विष्णुको पूजा आरधना गर्ने गर्दछन् । काठमाडौंको बुढानिलकण्ठ र देशभरका शिवालय र देवालयमा दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ । हिन्दू अनुयायीहरूले चार्तुमास भित्र पर्ने चार महिनाको एकादशीको दिन विशेष व्रत बस्ने गर्दछन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस