बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ २६, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २६, काठमाण्डौ । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका रामबहादुर बानियाँले  चार हजार ७७७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै‚ उपमेयरमा एमालेकी मायाकुमारी खड्का चार हजार ७२७ मत सहित विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीता शाहीले तीन हजार ७५५ मत प्राप्त गरेकी छन्। १० वडा रहेको नगरपालिकाको वडा नं १‚ २‚ ३‚ ५‚ ६‚ ९ र १० का वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर ४‚ ७ र ८ का वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस