असार २६, काठमाण्डौ । जापानको दक्षिणी सहर नारामा शुक्रवार गोली हानी मारिएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानको प्रहरीले स्वीकार गरेको छ ।
नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले सुरक्षामा समस्या भएको कुरालाई स्वीकार गरेका बीबीसीले जनाएको छ । एक राजनीतिक अभियान कार्यक्रममा आबेमाथि गोली हानिएको थियो ।
घटनापछि जापान शोकमा डुबेको छ । त्यहाँ आज माथिल्लो सदनका लागि मतदान सुरु भएको छ । चुनावी सभामा सम्बोधन गरिरहेका बेला आबेलाई ४१ वर्षका पुरुषले गोली हानेका थिए ।