कर्णालीका अर्थमन्त्री विष्ट अस्वस्थ, उपचारको लागि काठमाडौँ ल्याइयो

असार २७,काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन् । उनलाई आज बिहान उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ । उनी फोक्सो र घाँटीको समस्याबाट पीडित छन् । बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए ।

दुई दिनअघि समस्या बढेपछि कणरली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएको उनको सचिवालयका एक जना सदस्यले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply