असार २७, काठमाण्डौ । श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एमए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताए ।
विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उनको भनाइ छ । राष्ट्रपति भवन कब्जामा लिएका प्रदशर्नकारीले राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा नआएसम्म त्यहाँबाट नहट्ने अडान दोहोर्याएका छन् ।