श्वेत गंगा हाइड्रोपावरले साउन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ २७, सोमबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार २७, काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि असार साउन ४ गतेदेखि साधारण सेयर आईपीओ निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस