भारतमा भारी वर्षा : गुजरातमा २४ घण्टामा ६३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ अषाढ २८, मंगलबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असार २८, काठमाडौं । भारतमा भारी वर्षाले जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण गुजरातमा २४ घण्टाको अवधिमा ६३ जनाको मृत्यु भएको छ । बाढी प्रभावित १० हजारभन्दा बढीलाई सरकारले सुरक्षित स्थानमा पुर्याएको छ । आठ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

मध्य प्रदेश र कर्नाटकमा पनि भारी वर्षाले जनजीवन कष्टकर बनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतको मौसम विज्ञान विभागले मंगलबार पनि उत्तराखण्ड र केरलामा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस