सुशिला पौडेलको खुसीबिनाको मुस्कान र मनुषी एकसाख बिमोचन

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७९ अषाढ २८, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाण्डौ । साहित्यकार सुशिला पौडेलको २ कृति “मनुषी” (मुक्तक सङ्ग्रह) र “खुसीविनाको मुस्कान” (गजल सङ्ग्रह) लाइ नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बिशेष कार्यक्रमको आयोजना गरि बिमोचन गरियो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता एवं कवि तथा समालोचक डा.गीता त्रिपाठीको सभापतित्व तथा साहित्य क्षेत्रका बिशिष्ठ ब्यक्तित्व कवि तथा गीतकार दिनेश अधिकारी आख्यानकार डा. भोजराज घिमिरे , समाबेशी आयोगका सदस्य बिष्णु ओझा , कवि एस्पी कोइराला ,धीरेन्द्र प्रेमर्षी को आतिथ्यतामा लोकार्पण गरिएको थियो ।

प्रमुख अतिथी द्वारा पानसमा द्वीप प्रज्वलन गरि औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा प्रसिद्ध कवि एवं गीतकार दिनेश अधिकारीले स्वागत मन्तब्यका क्रममा कृतिगत रुपमा उल्लेखनीय उपस्थिति जनाउने उदियमान गजलकार एवं मुक्तककारका रुपमा परिचय बनाउन सफल भएकी सुशिला पौडेलको आगामी लेखन कार्यको सफलताको शुभकामना ब्यक्त गरेका छन् । मन्तब्यकै क्रममा बोल्दै समाबेशी आयोगकी सदस्य बिष्णु ओझाले कबिताकै माध्यमबाट आफ्नो सुन्दर बैवाहिक जीवनको सुरुवात भएको उल्लेख गर्दै साहित्य र आफ्नो जीवनको अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै साहियत्कार सुशीला पौडेल- वर्तमान समयकी सशक्त एवम् उज्ज्वल भविष्य बोकेकी स्रष्टा रहेकोले उनको सफल काब्यिक यात्रको शुभकामना ब्यक्त गरेकी छन् ।

कार्यक्रममा बिमोचित कृतिमाथि समिक्षा गर्दै डा. मुरारी पराजुलीले मुक्तक नेपाली साहित्यको सर्वप्रिय बिधा हुंदा हुंदै स्रस्टा सुशिला पौडेलको लालित्यपूर्ण सृजनात्मक लेखनकलाले उनले अक्षरको खेतीमा उच्च शिल्पको प्रयोग गरिएकोले पाठकलाइ सुरुचिपूर्ण लाग्ने बिश्वास ब्यक्त गरेका छन् । कार्यक्रममा सुशिला पौडेलको उपन्यास तृषाका बारेमा एकसाथ सोधपत्र (अनुसन्धान ) तयार गर्ने कल्पना श्रेष्ठ तथा मीना लुइटेल लाइ प्रमुख अतिथि द्वारा सम्मान (आभार )पत्र प्रदान गरिएको थियो ।

यसैक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली साहित्यको भिन्न भिन्न बिधामा सशक्त रुपमा कलम चलाइरहेकी सुललित लेखनकला भएकी युबा साहित्यकार सुशीला पौडेल को एकसाथ दुइ कृति सार्वजनिक कार्यक्रममा अयोग्यताका बावजुद पनि प्रेमले सम्झिदिनु भएकोमाा आफूले पनि साहित्यिक खुराक प्राप्त गरेको स्मरण गर्दै यस्ता कार्यक्रमले सामाजिक सद्भाव उत्तरदायी भूमिका निर्वाह गर्दै समुन्नत समाज निर्माणमा प्रभवकारी योगदानको अपेक्षा रहेको बताएका छन् । बाबु त्रिपाठीद्वारा संचालित उक्त कार्यक्रम सभ्य एवं भब्य रुपमा सम्पन्न गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस