धौलागिरी लघुवित्तले पायो साधारण शेयर निष्काशन अनुमति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ २८, मंगलबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २८, काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्काशन अनुमति प्रदान गरेको हो । बोर्डको अनुमति पाएसंगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएकोछ । साधारण शेयर निष्काशनको लागि लघुवित्तले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा यस अघि नै तोकि सकेको छ ।

वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस