आज बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ २९, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २९, काठमाण्डौ । आज बिहान बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ। दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भु(भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ । बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । शुक्रबार लुम्बिनी र कर्णाली तथा तराईका थोरै स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस