श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडे

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ अषाढ २९, बुधबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार २९, काठमाण्डौ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन् । राजापाक्षे स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ ।

उनले कोलम्बोको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीलंकाको सैन्य विमान एन्टोनोभ ३२ मार्फत देश छाडेको बताइएको छ । शनिवार राष्ट्रपति निवासमै पुगेर ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरूले तोडफोड गरेपछि राजापाक्षे ज्यान जोगाउन श्रीलंकामै लुकिरहेका थिए । राजीनामाको माग आएपछि उनले आज जुलाई १३ राजीनामा दिने समेत बताएका थिए । राजापाक्षेसँग उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ ।
राजापाक्षेको गलत नीति र कुशासनका कारण श्रीलंकामा चरम आर्थिक संकट भएको भन्दै उनको तीव्र विरोध भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस