जनकपुर उपमहानगरका सामुदायिक विद्यालयमा एक महिना बिदा

Post Thumbnail

असार २९, धनुषा । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आज बुधवारदेखि एक महिना बिदा दिइएको छ । उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना निकालेर उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आजदेखि साउन २६ गतेसम्म बर्खे बिदा दिइएको जानकारी दिए ।

विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे बिदा र वर्षे बिदा दुवै गरी ४५ दिन पठनपाठन बन्द रहने व्यवस्था भएअनुसार उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पालिकाको शैक्षिक क्यालेन्डर अनुसार बर्खे बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस