सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जर सम्झौता

असार २९, काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच बुधबार मर्जर सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रमका बीचमा दुवै कम्पनीको अध्यक्षहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सानिमा लाइफ इन्स्योरे कम्पनीका तर्फबाट सञ्चालक धनश्याम थापा र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक भरत कुमार तोदीले सम्झोता पत्रमा हस्ताक्षर गरेका छन् । जसमा स्वाप अनुपात १ स् १ हुने छ ।
दुई कम्पनी मर्जर भएमा कूल चुक्ता पुँजि चार अर्ब १० करोड पुग्नेछ । हाल सानिमा लाइफको दुई अर्ब र रिलायन्स लाइफको दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजि छ ।

सानिमा लाइफको जीवन बीमा कोषमा तीन अर्ब १३ करोड १० लाख रुपैयाँ संचिती रहेको छ भने रिलायन्स लाइफमा तीन अर्ब ६७ करोड ११ लाख रुपैयाँ संचिती रहेको छ । कूल बीमा कोषको आकार छ अर्ब ८० करोड माथि पुग्नेछ ।

संम्बन्धित समचार

Leave a Reply