गरिमा विकास बैंकले टोखाको चण्डेश्वरी अस्पताल परिसरमा गर्‍यो बृहत बृक्षारोपण

असार २९,काठमाडौँ । बढ्दो जलवायूू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन हेतु यस विकास बैंकले पुनः एक पटक बृहत बृक्षारोपण कार्यक्रमको सफल आयोजना गरेको छ । मंगलबार टोखा नगरपालिका २ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिव २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपिएको थियो ।

उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, फ्रेन्डसिप ग्रुपअफ टोखाका संस्थापक अध्यक्ष केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जन लगायतको उपस्थिती रहेको थियो । साथै, उक्त कार्यक्रमको स्वागत मन्तव्य यस विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले दिएका थिए भने कार्यक्रम संचालन सामान्य प्रशासन विभाग प्रमुख अनुमान श्रेष्ठले गरेका थिए ।

जसमा बैंकका सम्पूर्ण विभागीय प्रमुख तथा टोखा नगरपालिकाको स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।
बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित वं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply