सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ अषाढ २९, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २९,काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यू आर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यू आरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ ।

यस सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधिनमा रहि क्यू आरमार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेछ । मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस