असार २९,काठमाडौँ । काठमाण्डौको भृकुटीमण्डपमा आगलागी भएको छ । भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगलागी भएको हो ।
आगो निभाउन काठमाण्डौ महानगरपालिकाको दमकल पुगेको छ । प्रहरी र ललितपुरको दमकल पनि पनि परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।