उपसभामुखमा कांग्रेसकी भुसाल निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ अषाढ ३१, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३१, काठमाडौँ । उपसभामुखमा नेपाली कांग्रेसका पुष्पा भुसाल निर्वाचित भएकी छिन्। रिक्त भएको ३० महिनापछि शुक्रबार प्रतिनिसभाले उपसभामुख पाएको हो। सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी भुसालले १४८ मत पाइन् भने उनको विपक्षमा ९३ मत परेको छ। एक जनाले मत दिएनन्।

एमालेले विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाएको थियो। भुसाललाई उपसभामुख बनाइयोस् भन्ने प्रस्तावको पक्ष बहुमत भएपछि भट्टराईको प्रस्ताव निर्णायर्थ पेश गरिएन। भुसालको विपक्षमा परको ९३ मतलाई भट्टराईले पाएको मत मान्न सकिन्छ। मतदानमा २४२ जना सांसद उपस्थित थिए। भुसालले सत्ता गठबन्धमा रहेका पाँच दलले समर्थन गरेका थिइन् भने भट्टराईलाई एमालेसहित लोसपा, राप्रपाले समर्थन गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस