नागरिकता विधेयकबारे प्रचण्ड, खाण र शर्माबीच त्रिपक्षीय भेट, द्वन्द्वकालीन मुद्दाका विषयमा समेत छलफल !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २, काठमाडौं । नागरिकता विधेयकबारे गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफल गरेका छन् । सोमबार बिहान खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत लगायतका नेताहरुसँग गृहमन्त्री र कानुनमन्त्रीले छलफल गरेका हुन्।

सरकारले संघीय संसद्मा पेस गरेका नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका विधेयकहरूबारे नेताहरूबीच कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए । ‘सरकारले संघीय संसद्मा पेस गरेको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका अन्य विधेयकबारे कुराकानी भयो,’खाणले भने, ‘ती विधेयकहरूबारे संसद्मा सत्तारुढ गठबन्धनको एउटै धारणा बनाएर अगाडि बढ्ने कुराकानी भएको छ।’

ताजा अपडेट

खोजी गर्नुहोस