जनार्दन शर्मा प्रकरणः छानबिन समितिले आज अर्थ मन्त्रालयको ‘हार्डडिस्क’ अध्ययन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन २, काठमाण्डौ । अनाधिकृत व्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको विषयमा छानबिन गर्न गठित छानबिन समितिले आज अर्थ मन्त्रालयको ‘हार्डडिस्क’ अध्ययन गर्ने भएको छ । जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर अर्थ मन्त्रालयले समितिलाई सिसिटिभी फुटेज दिन आनाकानी गरेपछि हार्डडिस्क मगाएर समितिले अध्ययन गर्न लागेको हो ।

‘जेठ महिनाको सिसिटिभी फुटेजको हार्डडिस्क मगाएका छौँ, त्यो प्राप्त भयो भने प्रावधिक राखेर अध्ययन गर्नेछौं,’ समिति सदस्य लक्ष्मणलाल कर्णले भने । उनका अनुसार हिजो राति ८ बजेसम्म पनि समितिले सो प्रकरणका बारेमा सरोकारवाला व्यक्तिसँग बयान, छानविन र अध्ययन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस