अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार बस्ने भनिएको कार्यसमिति बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ श्रावण २, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार बस्ने भनिएको कार्यसमिति बैठक स्थगित भएको छ । एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ बिरामी भएर अस्पताल भर्ना भएका कारण बैठक स्थगित गरिएको महासचिव किरण राईले जानकारी दिए ।

‘अध्यक्षज्यू बिरामी भएकोले बैठक स्थगित भएको छ । अब अर्को सूचनामा बैठक कहिले बस्ने जानकारी गराइन्छ’ उनले भने । अध्यक्ष नेम्वाङ हाल मेडिसिटी अस्पतालमा उपचाररत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस