नाबालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

Post Thumbnail

साउन २, काठमाण्डौ । सात वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका ६ बस्ने २६ वर्षीय मानबहादुर रजालीलाई जबजरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उनले शनिवार घरमा कोही पनि परिवारका सदस्य नभएको मौका पारी उनले नाबालिकालाई करणी गरेका थिए । उनलाई करणी गरिरहेकै अवस्थामा नाबालिकाका आफन्तहरूले फेला पारेपछि नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । प्रहरीले उनीविरुद्ध बर्दिया जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अघि बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस