श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज उम्मेदवारी, कसको दावेदारी बलियो ?

साउन ३,काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि नयाँ राष्ट्रपतिका लागि आज संसदमा मनोनयन हुँदैछ । गत हप्ता आर्थिक संकट विरुद्धको भीषण प्रदर्शनपछि गोटाबाया देश छोडेर भागेका थिए ।

बुधबार, सांसदहरूले नयाँ नेताको लागि मतदान गर्नेछन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई सत्तारुढ श्रीलंका पिपुल्स फ्रन्टको समर्थन रहेकोले यो दौडमा अग्रपंक्तिमा रहेको विश्वास गरिएको छ । ट्रेड युनियनले रनिल विक्रमासिंघे राजपाक्षे परिवारसँग घनिष्ट सम्बन्ध भएकाले उनको मनोनयनको विरोध गर्ने बताएको छ ।

श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले राष्ट्रपतिको उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिने बताएका छन् । केही दिन अघि उनले आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिन सक्ने बताएका थिए ।

एसजेबी पार्टीका नेताले अब ट्विटमा लेखेका छन्, ‘देशको हितका लागि म राष्ट्रपति पदको उम्मेदवारी फिर्ता लिन्छु । हाम्रो गठबन्धन र हाम्रा सहयोगीहरूले सांसद दलस अलापेरुमालाई विजयी गराउन कडा मेहनत गर्नेछन् ।’

श्रीलंकालाई आफ्नो गम्भीर आर्थिक संकटको सामना गर्न र आईएमएफसँग ऋण वार्ता गर्न राजनीतिक स्थिरता चाहिएको छ ।

संम्बन्धित समचार

Leave a Reply