गर्भनर अधिकारीलाई बर्खास्ती गर्न सरकारलाई दवाव !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण ३, मंगलबार (१ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

साउन ३,काठमाडौँ । सत्ता निकट तीन विद्यार्थी संगठनले गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्ती गर्न सरकारलाई दवाव बढाउने भएका छन् । त्यसका लागि उनीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन् ।

नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूका अध्यक्षत्रय डुजाङ शेर्पा, पञ्चा सिंह र सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै साउन ३ गतेदेखि ७ गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । महाप्रसाद अधिकारी उर्फ एम. अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप गभर्नरको जिम्मेवारीमा रहिरहेर कानुनी राज्यको धज्जी उडाएका छन्’, संयुक्त विज्ञप्तिमा विद्यार्थीहरुले भनेका छन्, ‘सेयर कारोबार, क्रीप्टो करेन्सी जस्ता विभिन्न विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको अहिले प्रमाणित भएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस