साउन ४,चितवन । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्डमा पहिरो खसेपछि गाडी चल्न सकेका छैनन् । गएराति परेको पानीले आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पामा पहिरो खसेको हो ।
यो सडक खण्ड दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पहिरो हटाउने काम भैरहेको छ । पृथ्वीराजमार्ग विस्तारका लागि ठाउँ ठाउँमा भित्ता काट्ने काम भएकाले पानी परेपछि पहिरो खस्ने गरेको छ ।