माइबेनीमा पौने दुई अर्ब लगानी सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ मंसिर २८, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

मंसिर २८, काठमाडौं । माइबेनी जलविद्युत् आयोजनाको एक अर्ब ८६ करोड रुपैयाँको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा शुक्रबार राजधानीमा हस्ताक्षर भएको छ।

सामलिङ पावर कम्पनी प्रालिले प्रवद्र्धन गरेको निर्माणाधीन माइबेनी (९.५१ मेगावाट) जलविद्युत् आयोजनाका लागि नेपाल एसबीआई बैंक र सिद्धार्थ बैंकले लगानी गरेका छन्।

सम्झौताअनुसार आयोजनाका लागि बैंकले ७५ प्रतिशत र प्रवद्र्धक सामलिङ पावर कम्पनीले २५ प्रतिशत लगानी गर्नेछन्। सम्झौतामा कम्पनी अध्यक्ष विजयबहादुर राजभण्डारी, नेपाल एसबीईआर्ई बैंकका तर्फबाट बद्रीलाल आमात्य र सिद्धार्थ बैंकका चन्दन कार्कीले हस्ताक्षर गरे।

आयोजनाबाट उत्पादित बिजुली करिब तीन किमि लामो प्रसारण लाइनमार्पmत प्राधिकरणको निर्माण सम्पन्न भइसकेको गोदक खण्डस्थित सबस्टेसनमा जोडिनेछ। आयोजनाबाट वार्षिक पाँच करोड ३२ लाख युनिट बिजुली उत्पादन हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस