साउन ५, काठमाडौं । बेलायतको प्रधानमन्त्री एवं कन्जरभेटिभ पार्टीको लिडर चयनका लागि दाबेदार ८ जना मध्ये अन्तिम दौडमा दुईमा सांसद ऋषि सुनक र लिज ट्रस पुगेका छन् । बुधबार तीन जनामध्ये दुई जना छान्नका लागि भएको मतदानमा ऋषि सुनकले करिब १४० मत पाएका छन् भने, लिज ट्रसले करिब १२० मत पाएकी छन् ।
करिब १०५ मत पाएकी पेनी मोरडन्ट प्रधानमन्त्री एवं कन्जरभेटिभ पार्टी लिडरको दौडबाट बाहिरिएकी छन् ।