महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर सडक कालोपत्रे

साउन ५, कञ्चनपुर । नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन । २०६६ सालदेखि सुरु भएको निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर सडकमात्रै कालोपत्र भएको छ ।

कञ्चनपुरको ब्रह्मदेवबाट डडेलधुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने योजनाअन्तर्गत ४ सय १३ किलोमिटर सडक निर्माण हुँदैछ । निर्माणको काम सुस्त गतिमा भइरहेको छ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इञ्जीनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्रयाक खोल्ने काम भइरहेको बताउनुभयो । पूरै आयोजना हेर्दा दार्चुलाका विभिन्न ठाउँमा गरेर अहिलेसम्म ३० किलोमिटर सडक कालोपत्र भएको छ । इञ्जीनियर घतानीले भन्नुभयो, शून्य बिन्दुबाट ९ब्रह्मदेव क्षेत्र० भने काम सञ्चालन हुनसकेको अवस्था छैन ।

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोगबुढा क्षेत्रसम्म १५ किलोमिटर ट्रयाक खोल्न गएको वर्ष असारमा ५ करोड ५० लाख रुपैयाँ ठेक्का सम्झौता भए पनि काम भने हुन सकेन । यस क्षेत्रको ट्रयाक खोल्ने काम दिवा–शनिदेव जेभीले पाएको भए पनि रुख कटानको विषय आयोजनाले टुङ्गोमा लगाउन नसक्दा निर्माण व्यवसायी काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । ुवन नभएको खाली क्षेत्रमा भने निर्माणको अलि–अलि काम भएको छु, उहाँले भन्नुभयो, रुख कटानको विषय वन मन्त्रालयमा थन्किएको छ ।

करिडोरअन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै १ हजार ९ सय ५१ रुख कटान गर्नुपर्ने छ । यो १५ किलोमिटर ट्रयाक २०८० सालभित्र खोलिसक्नुपर्ने भए पनि निर्माण पक्षले एक वर्ष रित्तो बस्नुपर्यो । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले करिडोरअन्तर्गत बाँकी तीन जिल्लामा ट्रयाक खोल्ने काम भइरहेको जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply