उद्योगपति कमलेश अग्रवाल कर्पोरेट विजनेश लिडरशीप अवार्डबाट विभूषित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण ५, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ५,काठमाडौँ । चेम्बर आन्दोलनका अग्रणी व्यक्तित्व,उद्योग क्षेत्रका धरोहर तथा उद्योगी कमलेश कुमार अग्रवाल कर्पोरेट विजनेश लिडरशीप अवार्डबाट विभूषित भएका छन् । कर्पोरेट मिडियाको आयोजना तथा चेम्बर आन्दोलनका लौह पुरुष, प्रतिष्ठित उद्योगपति एवं नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष स्व. ईश्वरलाल श्रेष्ठको स्मृतिमा स्थापित संस्था ईश्वरलाल प्रतिष्ठानको सह–आयोजनामा सम्पन्न कर्पोरेट विजनेश अवार्ड समारोह माझ उनि विभूषित भएका हुन् । होटल र्याडिसनमा मंगलबार साँझ आयोजित कार्यक्रम माझ अध्यक्ष अधिकारीलाई उपराष्ट्र«पति नन्द बहादुर पुनले अवार्ड हस्तान्तरण गरेका थिए ।

नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष अग्रवालसहित नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य सुबोध कुमार गुप्ता, नेपाल चेम्बर अफ कमर्सकी कार्यसमिति सदस्य साथै नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारी, विन्दवासिनी लोजिष्टिकका अध्यक्ष माधव प्रसाद बराल साथै अन्य उद्योगपति, व्यवसायी, बैंकर्स, व्यवस्थापकहरुलाई उपराष्ट्र«पति नन्द बहादुर पुनले विभिन्न विधाका अवार्ड वितरण गरेका थिए । अवार्ड वितरण पश्चात् विभुषित हुनेहरुको सम्मानमा रात्री भोजको आयोजना समेत गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस