सिभिल बैंकले ल्यायो ‘दोब्बर प्लस र तेब्बर प्लस’ मुद्दती योजना

साउन ५,काठमाडौँ । सिभिल बैंक(CBL)ले दुई नयाँ आकर्षक मुद्दती योजनाहरु “दोब्बर प्लस र तेब्बर प्लस” ल्याएको छ । यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मेहेनतको कमाईलाई तोकिएको अवधिसम्म जम्मा गर्दा दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यति मात्र नभई यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक दश लाख रूपैयाँसम्मको जीवन बीमा सुबिधा (रिलायन्स लाईफ इन्सुरेन्ससंगको सहकार्यमा) र दश लाख रूपैयाँको दुर्घटना बीमा सुबिधा (अजोड इन्सुरेन्स सागको सहकार्यमा) निःशुल्क रुपमा उपलब्ध गराईनेछ ।

६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारण रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट उपलब्ध गराईनेछ ।

बैंकले वचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्मको ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ ।

यस बैंककाे सात लाख भन्दा बढी ग्राहकहरु तथा ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply