मङ्कीपक्स : विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा, ७५ देशमा १६ हजारभन्दा धेरै सङ्क्रमित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण ८, आईतबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन ८, काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको छ । मङ्कीपक्स विश्वभर प्रकोपकै रुपमा फैलिएको भन्दै डब्ल्यूएचओले आपतकालका रुपमा घोषणा गरेको हो । डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा धेरै जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भइसकेको छ ।

डब्ल्यूएचओका अनुसार मङ्कीपक्सका कारण अहिलेसम्म विश्वभर पाँच जनाको ज्यान गएको छ । सङ्क्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकालाई जोगाउन आवश्यक कदम चाल्नुपर्नेमा डब्ल्यूएचओले जोड दिएको बीबीसीले जनाएको छ । त्यसका लागि डब्ल्यूएचओले आवश्यक तयारी र पहल भइरहेको पनि जनाएको छ । बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मङ्कीपक्सको सङ्क्रमण हुने गर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस