२० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि हुने

साउन ९, काठमाण्डौ । २० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आजदेखि भारतको भुवनेश्वरमा हुँदैछ । कालीङ्गा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे हुनेछ ।

साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । आजै हुने अर्को खेलमा श्रीलङ्का र बङ्लादेश खेल्ने छन् । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्लादेशको सहभागिता छ ।

संम्बन्धित समचार

Leave a Reply