‘अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नहोस्’ : गृहमन्त्री खाण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण ९, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ९, काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाणले अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न निर्देशन दिएका छन् । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदैँ उहाँले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो ।

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस