शेयर बजारमा उछाल, ५४ अंकले बढ्यो नेप्से

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण ९, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ९, काठमाण्डौ । शेयर बजारमा दोस्रो दिन पनि उछाल आएको छ । सोमबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ । नेपाल राष्ट्र ब्यांकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजार उकालो लाग्न थालेको छ। आइतबार ६१.०५ अङ्कले वृद्धि भएको नेप्से सोमबार ५४.४५ अकंले बढेर दुई हजार १३२.९६ बिन्दुमा पुगेको छ। यो आइतबारको तुलनामा २।६२ प्रतिशतले वृद्धि हो ।

त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.०५ अङ्कले बढेर ४०७.३८ मा पुगेको छ। आइतबारको तुलनामा २.२७ प्रतिशतले बढेको हो । सोमबार २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर चार अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँ कारोबार भएको छ । आज पनि सबै उपसमूहको शेयर मूल्य बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस