थप ५ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण ९, सोमबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन ९,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४८ सय जनाको नमुना परीक्षण गर्दा पाँच सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ सय ३४ जना पुगेको छ । पछिल्लो समय थपिने सङ्क्रमितको सङ्ख्या धेरै र निको हुनेको सङ्ख्या कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको छ ।

थप ६३ हजार तीन सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस