कृषि उद्यम केन्द्रका सभापति सुमार्गीले भने-‘बकैया गाँउपालिकाको कृषि योजनालाई केन्द्रको साथ छ’

Post Thumbnail

साउन १०,काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी यतिबेला देशभर कृषिको अभियानमा व्यस्त छन् । केहीदिन अघि सुदुरपश्चिम भ्रमण सकेर काठमाडौँ आइपुगेका सुमार्गीले मंगलबारमात्रै मकवानपुरको बकैया गाँउपालिका अध्यक्ष धर्मराज लामिछानेसंग एफएनसीसीआइमै बोलाएर भेटेका छन् । अध्यक्ष लामिछानेले गाँउपालिकालाई दुध पकड क्षेत्र बनाउने अभियान नै सुरु गरेका छन् ।

उनका अनुसार पालिकाले व्यवसायिक गाइपालनलाई मुख्य जोड दिँदै घाँस खेती र दुधजन्य उद्योग स्थापनाको लागि सभापति सुमार्गीलाई आग्रह गरेका थिए । जवाफमा सुमार्गीले आफु कृषि उद्यम केन्द्रको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको बताए । उनले समयमै हुन लागेको कोरिया भ्रमणमा समेत अध्यक्षलाई समावेश गरेको भन्दै कृषिको क्रान्तिको लागि देशभरबाट एकैसाथ अभियान अघि बढिरहेको समेत बताए ।

उनले केन्द्रले नयाँ नयाँ कृषिको योजना अघि सारेको बताउदै पछिल्लो समय नेपालमा अभ्यास नभएका तर अत्याधिक महंगो कृषि उपजहरुको उत्पादन र बजारिकरणमा आफु लागिरहेको बताए । भेटकै सिलसिलामा सुमार्गीले भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिव मानन्धरलाई स्वागत गरेका थिए । भेटघाटमा महासंघका केन्द्रिय सदस्य तथा केन्द्रका उपसभापति बिक्रान्त श्रेष्ठसमेत सहभागि थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस