आधुनिक गीती एल्बम सुभारम्भको विमोचन

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ मंसिर २९, शनिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर २९,काठमाडौँ । आधुनिक गीती एल्बम ‘सुभारम्भ’को विमोचन भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सुभारम्भको विमोचन गरिएको हो। एल्बम भित्र ६ वटा गीत रहेका छन्।

शशि घिमिरे र लक्ष्मी अर्यालले संयुक्त रुपमा सुभारम्भ बजारमा ल्याएका हुन्। गीतको रचना अर्यालले गरेकी हुन भने स्वर घिमिरेले दिएका हुन्। एल्बसँगै एल्बममा संग्रहित सपनीमा डुल्छेउ तिमीको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ।

हिमालयन पिक्चर्सले उक्त गीती एल्बम बजारमा ल्याएको हो। कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेत, गीतकार कृष्णहरि बराल, गायक सूर्य थुलुङ, संगीतकार नरहरि प्रेमी, नायक भोलादीप तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस