खोलाले बगाएर नुवाकोटमा वडा सदस्यको मृत्यु

Post Thumbnail

साउन ११, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका १२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मृत्यु भएको छ ।

बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस