बालबालिकामा ‘एडिनो भाइरस’को सङ्क्रमण बढ्दो, कस्ता छन् लक्षणहरु ?

साउन ११,काठमाण्डौ । दुई हप्तायता बालबालिकामा कडा खालको ज्वरोको सङ्क्रमण बढ्दै गएको छ । ज्वरोले सताएर अस्पताल जाने बालबालिकाको सङ्ख्या बढेको हो । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल कान्तिसहित अरु अस्पतालमा पनि ज्वरोबाट बिरामी भएका बालबालिकाको सङ्ख्या बढ्न थालेको छ ।

ओपीडीमा बिरामीको चाप बढेको छ । उपचारका लागि बालबालिका लिएर पुगेका अभिभावकलाई डाक्टरले नआत्तिन तर बिरामी बच्चाको खानपान र सरसफाइमा ध्यान दिन सुझाव दिएका छन् ।

के हो एडिनो भाइरस ?

कान्ति अस्पतालले गरेको नमुना जाँचमा धेरैमा एडिनो भाइरस र केहीमा मात्रै फ्लु भाइरस देखिएको डा. चापागाईँले जानकारी दिनुभयो । भाइरसको सङ्क्रमण फरक फरक हुन्छ । उहाँका अनुसार अहिले देखिएको एडिनो भाइरस नयाँ भने होइन ।

भाइरसका कारण हुने साधारण रुघाखोकीको ज्वरो भन्दा केही फरक लक्षण देखिन सक्छ । ज्वरोसँगै आँखा पाक्ने, पखाला लाग्ने, पेट तथा जिउ दुख्नेजस्ता लक्षण देखियो भने एडिनो भाइरस हुनसक्छ । एडिनो भाइरसका कारण १०२ देखि १०४ डिग्रीसम्म ज्वरो आउन सक्छ ।

खोकी, उच्च ज्वरो, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने जस्ता लक्षण भएमा एडिनो भाइरस हुन सक्ने र यसको खास औषधि नभएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले बताउनुभयो । यी लक्षण भएका बिरामीलाई सिटामोल मात्रै दिन सकिने र केही दिनमा नै निको उहाँको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply