विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी

साउन ११,बैतडी । विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् । च्याउ खाएपछि १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता, १० वर्षीय किरन, आठ वर्षीया सोनिया र चार वर्षीया दिव्या जोशी बिरामी भएका बैतडीका प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । उनका अनुसार बिरामी परेकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।

उनीहरुले हिजो बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेका थिए।

संम्बन्धित समचार

Leave a Reply