आइसिटी अवार्डमा दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको प्रतिस्प्रधा हुने

साउन ११, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणमा दक्षिण एसियाली देशहरुको स्टार्टअपहरुबिच प्रतिस्प्रधा हुने भएको छ । साउथ एसिया स्र्टाअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन आज बुधवारदेखि खुल्ला भएको छ ।
लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ अन्तर्गत पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर अवार्डको घोषणा गरिएको आयोजकले जानकारी दिएको छ ।
यस अवार्ड विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिप्सका ४ वर्ष ननाघेका आइटी तथा डिजिटल स्टार्टअप कम्पनीहरुले नोमिनेशन दर्ता गर्नसक्नेछन । यस विधाको लागि विभिन्न देशका विज्ञहरु सहितको छुट्टै छनौट समिति रहनेछ ।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वषर््ा परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ । यस वर्षदेखि अन्तराष्ट्रिय स्तरमा पनि स्टार्टअप इकोसिस्टमको विकास गर्न यस अवार्डलाई घोषणा गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । प्रविधि तथा इन्नोभेसनमा दक्षिण एसियाली देशहरु अग्रसर भइरहेको अवस्थामा यस अवार्डले दक्षिण एसियाली देशहरुमा थप सहकार्यको बातावरण बन्ने लम्सालको भनाई छ । यसअघि विभिन्न ११ विधाहरुको लागि नोमिनेशन खुल्ला भइसकेको छ ।
यस वर्ष नोमिनेशन खुल्ला गरिएको ११ अन्य विधाहरुमा स्टार्टअप आइसिटी अवाड (नेपाल), प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित विधाहरु रहेका छन । आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply